राजनीति

गाई चिह्न नपाएपछि राप्रपा नेपाल आयोगविरुद्ध अदालत जाने

इकागज |
भदौ १०, २०७९ शुक्रबार ११:४७ बजे

काठमाडौं - निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । निर्वाचन आयोगले चुनाव चिह्न ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जाने अध्यक्ष कमल थापाले बताएका छन् । 

‘कानुन अनुसार चुनाव चिह्न छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ,' अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन् , 'आयोगको स्वेच्छारिताविरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौँ। '



Author

थप समाचार
x