राजनीति

नेपाली राजनीतिमा अवसर पाए हाम फालिहाल्ने प्रवृत्ति छ–नेपाल

इकागज |
असोज १३, २०७९ बिहीबार १७:५८ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् ।

बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् ।


त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हाम फालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गरे । उनले विधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने धारणा पनि राखे । अहिले राजनीतिमा चरम भ्रष्टचारी प्रवृति हावी भएकाले जनताहरुको विश्वास गुम्दै गएको उनको भनाइ छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अब समाजवादको बाटोमा हिड्नुको बिकल्प नभएको बताए । उनले आगामी निर्वाचनमा बढी भन्दा बढी महिला उम्मेदवार खडा गरिने बताए ।

उनले पार्टीलाई दरो बनाउँदै मुलुकको बिकासको बाटोमा अघि बढाउनुपर्ने धारणा राखे ।


Author

थप समाचार
x