राजनीति

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो मतान्तरले अग्रता कायमै

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:२४ बजे

सुर्खेत- जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत गणना अनुसार १०,००० मतगणना हुँदा प्रतिनिधि सभाका उम्मेदवार शाहीले ५ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरले २ हजार ३ सय ६० मत ल्याएर दोस्रो स्थानमा छन् ।


यस्तै एमालेका रतननाथ योगीले १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x