राजनीति

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल जित नजिक

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:४८ बजे

गोरखा- गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुगेका छन् ।

कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ८३ मत गणना सम्पन्न भएको छ । उनको मतान्तर १३ हजार दुई सय ३९ पुगेको छ । 


अध्यक्ष दाहालका निकतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ११ हजार दुई सय ४० मत प्राप्त गरेका छन् । मतगणना हुन चार हजार दुई सय ९५ मात्र मत बाँकी रहेको जनाइएको छ ।

गोरखा–२ मा (नेकपा) एमालेका अब्दुस सलाममियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म ६ हजार चार सय  ६७ मत प्राप्त गरे साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । 


Author

थप समाचार
x