राजनीति

कास्की-२ मा एमालेकी भट्टराई पुनः निर्वाचित

इकागज |
मंसिर ८, २०७९ बिहीबार ६:२७ बजे

पोखरा- कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी थिइन् ।


यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो । 


Author

थप समाचार
x