राजनीति

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

इकागज |
मंसिर ११, २०७९ आइतबार १८:५ बजे

काठमाडौं– दोलखाका १० मतदानस्थलमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय दोलखालाई १५ गतेभित्र निर्वाचन गराउन निर्देशन दिएको छ ।

मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्षपछि आयोगले यस्ताे निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्माकाअनुसार पुन मतदानको मिति भने जिल्लालाई नै तोक्ने अधिकार दिएर निर्वाचन गराउन निर्देशन दिएको हो । 'त्यहाँ  निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्ष भएपछि यस्ताे निर्देशन दिइएकाे हाे ।'  उनले इकागजसँग भने ।


निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको थियो । 

४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई रिपोर्ट पठाएको थियो । सोही कारण थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली छानबिनका लागि खटाएको थियो टोलीले सात केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको जनाएको छ । टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो । सोही अनुसार १० केन्द्रम पुन मतदान हुने भएको आयोगले जनाएको छ । 
 


Author

थप समाचार
x