राजनीति

अति भयो बदर मत, यसको पनि होला त कदर ?

इकागज |
मंसिर ११, २०७९ आइतबार १९:११ बजे

मकवानपुर- गत स्थानीय तहको निर्वाचनमा भन्दा यस पटक अत्यधिक मत बदर भएको पाइएको छ । 

मकवानपुर जिल्लामा प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिक मत गणना गर्दा क्षेत्र १ प्रदेश सभा १ मा ४३ हजार ६१७ सदर मत हुँदा २ हजार ३९७ मत बदर भएको छ । यसैगरी क्षेत्र १ प्रदेश २ मा ४३ हजार ३७७ मत सदर हुँदा १ हजार ६९८ मत बदर भएको छ । 


क्षेत्र २ प्रदेश सभाको दुवै क्षेत्रमा गरी ८० हजार ७६७ मत सदर हुँदा ५ हजार २६६ मत बदर भएको छ । यसैगरी प्रतिनिधि सभा १ मा ८७ हजार ९४२ सदर हुँदा ३ हजार ५८५ मत बदर भएको छ । 

यसैगरी प्रतिनिधि सभा तर्फ मकवानपुर २ मा ८२ हजार २२४ मत सदर हुँदा ४ हजार ११४ बदर भएको छ । 

यसैगरी प्रत्यक्ष तर्फ प्रतिनिधि सभा १ मा ९१ हजार १०९ खसेको मतमा ४ हजार ५४ बदर भएको छ ।  मकवानपुर १ को प्रदेश सभा १ मा ४३ हजार ८५५ जम्मा खसेको मतमा १ हजार ५९६ बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

यसैगरी प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा ४५ हजार ८० जम्मा मतमा १ हजार ५०४ बदर भएको छ । यसैगरी प्रतिनिधि सभा २ मा जम्मा ८६ हजार ३०१ मतमा ४ हजार १०२ बदर भएको छ भने २ को प्रदेश सभा १ मा ४५ हजार ८५३ जम्मा मतमध्ये १ हजार ५९९ बदर भएको छ ।

यसैगरी २ को प्रदेश सभा २ मा ४० हजार ३७८ जम्मा मतमध्ये १ हजार ४४९ मत बदर भएको कार्यालयले जनाएको छ । 

मतदाता शिक्षामा निर्वाचन आयोग तथा स्थानीय सरकारहरूले चासो नदिएको कारण बदर मत बढी भएको विश्लेषकहरूको भनाइ छ । 'मतदाता शिक्षाका लागि न दल र उम्मेदवारहरूले ध्यान दिए, न त अन्य सरोकारवालाहरूले त्यसैले अति भयो बदर मत,' कानुन व्यवसायी जगन्नाथ सुवेदीले भने ।


Author

थप समाचार
x