राजनीति

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

इकागज |
बैशाख २५, २०८१ मंगलबार ९:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । 

राष्ट्रसंघको प्रधान कार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसंघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका थिए ।


उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नु परेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका थिए । 

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण हुने बताएका थिए । रासस


Author

थप समाचार
x