राजनीति

प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश

इकागज |
पुस १३, २०७९ बुधबार १८:४७ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् ।

बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।


त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए । प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।
 


Author

थप समाचार
x