राजनीति

नेकपा एस र जसपाबीच एकताका लागि छलफल हुँदै

इकागज |
पुस १८, २०७९ सोमबार १८:२७ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच एकताका लागि छलफल अगाडि बढेको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूबीच एकताका लागि छलफल भइरहेको बताएका हुन् । 

सोमबारको पोलिटब्यूरो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, ‘हामीबीच छलफल भइरहेको छ ।'


जसपाका प्रवक्ता मनिस सुमनले केही दिनअगाडि आफूहरूबीच एकता भए आश्चर्य नमान्नु भनेका थिए ।


Author

थप समाचार
x