राजनीति

प्रचण्ड सरकारलाई मत दिने वा नदिनेबारे निर्णय २६ गते गर्छौ : वरिष्ठ उपाध्यक्ष पाण्डे

इकागज |
पुस २३, २०७९ शनिबार १७:११ बजे

जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिने बारे पुस २६ निर्णय गर्ने बताएका छन ।

शनिबार जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाद्वारा आयोजित पत्रकारमा बोल्दै पाण्डेले अहिलेसम्म गठबन्धनले लिखित रुपमा मत नमागेको तर व्यक्तिगत रुपमा प्रचण्डले कुरा गरेकाे बताए । 'औपचारिक रुपमा मत मागेको छैन, मत दिने वा नदिने बारे हामी पुस २६ गते बस्ने बैठकबाट निर्णय गर्नेछौं ।' उनले भने । उनले भने नीति तथा कार्यक्रममा कस्तो आउँछ त्यो पहिला हेरेर निर्णय लिने बताए ।


'संविधान हित, राष्ट्र हित, संघीयता तथा संविधानको रक्षा र जनताको जनजिविकासँग जोडिएका कुरा आएको छ/छैन हेरेर मात्रै निर्णय गछौं मत दिने वा बाहिर बस्ने भन्नेमा ।' उनले भने । नेकपा एसको संसदीय दलको उपनेता समेत रहेका पाण्डेले वर्तमान सरकारमा राजसंस्था चाहने र संघीयता विरोधी र नागरिकता आरोपितहरुको सम्मिलित खिचडी सरकार रहेकाले विश्वासको मत पाउने अथवा नपाउने अझै विश्वास नरहेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x