राजनीति

राजनीतिक नाट्यशालामा लुम्बिनी प्रदेशको एक दिन

बिहान उत्साहित विपक्षी साँझ प्रहरीको घोक्र्याइमा

विक्रम खड्का |
बैशाख २०, २०७८ सोमबार ६:३१ बजे

फाइल तस्बिर

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आइतबार लुम्बिनी प्रदेश सभामा टेबुल गर्ने कार्यक्रम थियो । प्रतिपक्षी दलहरुले वैशाख ६ मा दर्तागराएको अविश्वासको प्रस्ताव पास फेल वा पास के हुन्छ ? चासो थियो नै । हुन त, यसबीचमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका चार जनामन्त्री बनिसकेका थिए । त्यसपछि उनीहरुलाई पार्टीले सांसदबाट बर्खास्त गरेको थियो । अविश्वास प्रस्ताव पेश गर्दा र टेबुल हुँदा संसदको मौजुदा सांसदको संख्या घटेको थियो ।  

विपक्षी दलका सांसदहरुलेमाओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमाप्रस्ताव गरेका थिए । अर्को त, सत्तारुढ सत्ता टिकाई राख्‍ने कसरतमा थियो । दुवै समूहका लागि आइतबारको दिन विशेष थियो । दिनको शुरुवातसँगै मुख्यमन्त्री शंकर पोखरेलले घटना-क्रमको ‘फायर’ खोले । जुन ‘फायर’ले विपक्षीलाई केही समय उत्साहित बनायो । अर्थात्, उनले मुख्यमन्त्रीबाट राजीनामादिएपछिविपक्षीलाई उत्साहित बनाएको हो ।


मिडियाकर्मी र मिडियाले समाचार ‘ब्रेक’ गर्ने हतारो भयो । यो घटनाले अविश्वासको प्रस्तावदेखि संसदको आइतवारको कार्यसूचि नै केही बेर अन्योलग्रस्त बनायो । तर राजीनामाको समाचार सेलाउन नपाउँदै शंकर पोखरेलले अर्को ‘फायर’ खोले । नेकपा एमाले संसदीय दलको बैठकबाट फेरि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय लिए ।

जुन संविधानको धारा १३८ को उपधारा १ अनुसारको व्यवस्थाबाट मुख्यमन्त्री दाबी लिए । जसका लागि उनले हतार-हतारमाएमालेका सांसदहरु ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए । मौजुदा ८० जना सांसद कायम हुँदा ४१  सांसदको हस्ताक्षर बहुमत हो । 
राजीनामा दिएको दुई घण्टामै फेरि मुख्यमन्त्री हुने अवस्थामा पुगे । आइतवारकै बैठक शुरु हुने समय भन्दा २ घण्टाअगावै कामचलाउ मुख्यमन्त्रीका रुपमा मन्त्रिपरिषद्को बैठकबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखलाई पठाए । एकातिर अधिवेशनको अन्त्य र अर्कातिर नाटकीय रुपमा मुख्यमन्त्री बने, पोखरेल ।

सदनमा विपक्षीको दह्रो तयारी राम्रै बुझेका उनले त्यसलाई पनि पन्छाई दिए । अधिवेशन अन्त्यपछि मुुख्यमन्त्रीविरुद्ध विपक्षीहरुले पनि गतिलै गोल वर्ष शुरु गरे । बिहान ८ बजेको एमाले संसद बैठकमा दाङकी प्रदेश सदस्य विमला वली पुगिनन् । घरबाट हिँडेको सूचना पाएपनि बैठकमा नआएपछि शकर पोखरेल झस्किए । मध्यान्हको १२ नबज्दै समाचारका हेडलाइन बन्यो, नेकपाकी सांसद विमला वली माओवादीमा प्रवेश । 

समाचारका हेडलाइन तयार नहुँदै पुराना हुन थाले । संसद्‌भित्र खेल देखाउने तयारीम विपक्षी दल थिए । तर मुख्यमन्त्रीले अधिवेशन नै अन्त्य गरी ढोका बन्द गरे ।  नेकपाबाट चुनाव लडेकी दांङ- ३ (ख) बाट निर्वाचित विमला वलीले एमाले छाडी माओवादी प्रवेश गरेपछि सत्ता फेरवदल हुने गणितिय हिसाब निस्कियो ।

एक जना मात्र सांसदको कमी भएको विपक्षीलाई विमला थपिएपछि प्रतिस्पर्धाका लागि ठूलो हतियार तयार भयो । केहीकमजोर देखिएका विपक्षी सांसदहरु फेरि सक्रिय भए । विमला वली गुमाएको सत्तारुढ एमालेले भने आफ्नो सांसदलाई अपहरण गरिएको अपवाह फैलाए । सरकारकै प्रवक्ता वैजनाथ चौधरीले इकागजसँग भने, ‘हाम्रो सांसदलाई अपहरण गरियो, प्रहरीलाई उजुरी गरिएको छ ।’

उनले त्यो भनेको केही क्षणमै विपक्षीले पनि त्यसको उत्तर दिए । केही महिला सांसदहरु सँगै राखेर विमला वलीले पत्रकार सम्मेलन गरिन् । उनले सरकारका प्रवक्ताको जवाफ दिँदै भनिन्,‘म कसैको करकापमा परेर होइन स्वेच्छाले माओवादी रोजे । मलाई सहयोग गर्नेहरु यतै बढी छन् ।’

यति भनेपछि दिउँसो २ बजेरित अपहरणको च्याप्टर पनि ‘क्लोज’ भयो । छिन-छिनमै घटनाक्रम परिर्वतन भइरहँदा सचारकर्मीहरुलाई समाचार लेख्‍न हतार मात्र होइन पाठक तथा दर्शकहरुलाई समाचार एकपछि अर्को नाटकीय दृश्यले अझ बढी चासोमा पारे । सत्ता र प्रतिपक्षको बराबर मत भएमा के हुन्छ ? भन्‍ने चर्चा सँगै माओवादी प्रवेश गरेकी विमलाको पद खोसिने त होइन ?भन्‍ने अर्को तर्कले पनि स्थान पायो । यति भइरहँदा केन्द्रमा एमालेको आकस्मिक बैठकदेखि प्रधानमन्त्री-राष्ट्रपति भेटसमेत भइसकेको थियो । 

त्यसपछिकाघटना उपक्रम पनि रोकिएन । शंकर पोखरेलसँग बहुमत नभएकाले सपथ नखुवाउन भन्दै विपक्षी दल प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट्न गए । उनीहरुले आफूहरुसँग बहुमत भएको भन्दै सांसदहरुको हस्ताक्षरको प्रतिलिपि बुझाए ।उनीहरु बुझाएर बाहिर ननिस्कदै  पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त भएको पत्र प्रदेश प्रमुख कार्यालयबाट बाहिरियो । 

यो पत्र आएपछि आक्रोशित बनेका विपक्षी सांसदहरु दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगे । प्रदेश प्रमुखलाई सपथ नखुवाउन आग्रह गर्दै धर्नामा रहे । उनीहरुले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए भने ४३ जना भौतिक रुपमै उपस्थित थिए । सूर्य चुनाव चिन्हमैचुनाव लडेका तर आफूलाई स्वतन्त्र समूह ठान्‍ने नवलपरासीका अजय शाही, कपिलवस्तुका धर्मलाल श्रीवास्तव र एमालेबाट निर्वाचित दृर्घनारायण पाण्डेले बेलुका ५ बज्दा नबज्दै विपक्षीलाई साथ दिएको घोषणा गरे । जसमध्ये पाण्डेले दल तथा सांसद पदबाटै राजिनामा दिए भने दुईजनाले शंकर पोखरेललाई असहयोगको घोषणा गरे ।

यति भइसक्दा ४१ बाट ३७ मा झरेका शंकर पोखरेल सपथ लिने दाउमै थिए । विपक्षी प्रदेश प्रमुखको कार्यालयमा आफुहरुको पक्षमा वहुमत रहेको भन्दै मुख्यमन्त्री बनाउन अड्डी लिएर बसे ।उनीहरुले प्रदेश प्रमुखलाई घेरेर बसेका थिए ।तर उनीहरु धर्नामा रहँदा प्रहरी दस्ता परिचालन गरियो । सांसदहरुमाथि हातपात गर्दै मुख्यमन्त्रीलाई सपथ खुवाइयो । दिनभरको राजनीतिक नाटक पर्दा यति छिटो छिटो बदलियो कि एउटा समाचार प्रसारण भइ नसक्दै अर्को नाटकीय दृश्यदेखापर्थ्यो ।

त्यसो त, कोभिड संक्रमणले लुम्बिनी अस्तव्यस्त छ । नागरिक निषेधाज्ञाका कारण घरमै थुनिएका छन् ।कोभिड महामारी त्रासदीबीच ठूलो भीड एकत्रित र सांसद-पुलीसको झडपले परिणाम कोभिड-१२ संख्या थपिन सक्छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x