राजनीति

नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

इकागज |
माघ २३, २०७९ सोमबार १४:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको छ । सोमबार दिउँसो नेपाल कमर्स क्याम्पस (एनसीसी)मा कांग्रेसका दुई समूह (देउवा-शेखर) समूहबीच ढुङ्गा हानाहान भएको हो ।

'एनसीसी क्याम्पसमा संस्थापन इतरको स्ववियू निर्वाचनको तयारीका लागि भेला राखिएको थियो' शेखर कोइराला समूहकाविद्यार्थी नेता राजकुमार बस्नेतले भने 'भेलालाई देउवा समूहले भाँड्न खोजे ।


‘हामीले ११ बजे कार्यक्रम राखेका थियौँ तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले १० बजे अर्कै भेला राखेर झडपको सुरूवात गरे । उनी आफैँ भने यहाँ आएका छैनन् । झडप गर्ने यहाँका विद्यार्थी हुन् कि होइनन् भन्ने पनि थाहा छैन् । हामीलाई क्याम्पस परिसरमा जान समेत दिइएको छैन्’ उनले भने । 


Author

थप समाचार
x