राजनीति

मन्त्रीहरू अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा जान नपाउने

इकागज |
चैत १, २०७९ बुधबार १६:४४ बजे

काठमाडौं– सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अत्यावश्यक बाहेकका अवस्थामा वैैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन् ।


त्यस्तै बैठकले पूर्वमुख्यसचिव लिलामणी पौड्यालको संयोजकत्वमा  गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।  
 


Author

थप समाचार
x