बाजुराकाे बुढीनन्दा क्याम्पसमा झडप, मतदान रोकियाे
नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

फाइल तस्बिर
कैलाली- बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएपछि मतदान रोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।
मतदानका क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रु ग्यास र हवाई फायर समेत गरेको थियो ।
मतदान सुरु भए लगत्तै विवाद भएको थियो फेरि समस्या हल गरेर मतदान गरिएकोमा पुन: झडप भए पनि अहिले मतदान अवरुद्ध रहेकाे प्रहरी नायव उपरीक्षक बोहराले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया