राजनीति

देशको संकट हल गर्न बाबुरामको चार प्रस्ताव

'पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ, एक वर्षभित्र चुनाव गरौँ'

इकागज |
बैशाख २९, २०७८ बुधबार ७:३२ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधान गर्न प्रस्ताव प्रस्तुत गरेका छन् । पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन बुधबार बिहान भट्टराईले ट्‍वीट गरेका छन् ।

भट्टराईले धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने उल्लेख गरेका छन् । दलका प्रमुख/पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउनुपर्ने पनि ट्‍वीटमा लेखेका छन् ।


साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, TRC/मुद्दा, संविधान संशोधन, आर्थिक राहतबारे पनि उल्लेख गरेका छन् । उनले एक वर्षभित्र चुनाव गर्नुपर्ने पनि ट्‍वीटमा लेखेका छन् ।

'देशको संकट हल गर्न यसो गरौं : १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू, ४.एक वर्षभित्र चुनाव !'


Author

थप समाचार
x