राजनीति

अर्थमन्त्री महतले भने : राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन

इकागज |
बैशाख २९, २०८० शुक्रबार १८:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको उनकाे जिकिर छ ।

अर्थमन्त्री डा.महतले वर्तमान अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समस्या समाधानका लागि सकारात्मक सन्देश दिने बताए । उनले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहका लागि सहज बनाउने उल्लेख गरे । सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताका आधारमा कार्यान्वयन गर्ने बताए ।


उनले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे ।

महतले निजी क्षेत्र व्यापारको क्रियाशीलता नभइ उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताए । उनले राजश्व बढे मात्रै बजेटको आकार बढ्ने र बजेटका आधारमा वृद्धिले मात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी गरे ।


Author

थप समाचार
x