राजनीति

शरणार्थी प्रकरणमा सुशासनको नयाँ प्रक्रिया थालनी भएको प्रधानमन्त्रीको दावी

इकागज |
जेठ ४, २०८० बिहीबार १३:४६ बजे

काठमाडौं– अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराखेको दाबी गरेका छन् । आज संसद बैठकमा सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् । । प्रहरीलाई कुनै निकायबाट पनि हस्तक्षेप गरिएको छैन । उनले भ्रष्टाचारका अन्य प्रकरणको पनि कानुनअनुसार कारबाही हुने बताए । 

‘जुनसुकै तह र तप्काका व्यक्ति भएपनि भीआइपी र भीभीआइपी हरु पनि उम्कनेछैनन् ।’ उनले भने, ‘उपप्रधान तथा गृहमन्त्रीज्यूलाई निष्पक्षताका साथ अगाडि बढ्न निर्देशित गरेको छु ।’ सुशासनको नयाँ प्रक्रिया थालनी गर्न सकिन्छ भनेर हामी लागिपरेको उनले बताए ।
 



Author

थप समाचार
x