राजनीति

राजनीति लामो रेस हो, जित्न अनुशासन चाहिन्छ : नागिना यादव

इकागज |
साउन ३, २०८० बुधबार १८:२ बजे

काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले राजनीति लामो रेस भएको र रेस जित्न अनुशासन चाहिने बताएकी छिन् ।  

बुधबारको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै यादवले यस्तो बताएकी हुन् ।


उनले भनिन्,‘ हामी बढी स्वतन्त्रतातिर गयौँ । अनुशासनतिर गएका छैनौँ । हाम्रो गोल लामो रेस जित्नु हो । राजनीति भनेको लामो रेस हो ।'

उनले थपिन्, ‘ हामी मिडियामा जथाभावी बोलेर, मिडिया बाजी गरेर  राम्रो सन्देश गएको छैन । यसले पार्टीमा आन्तरिक द्वन्द्व आउँछ । हामी एक हुनुपर्छ ।’

साथै उनले सम्पूर्ण पदाधिकारी र सम्पूर्णलाई अनुशासनमा रहन समेत आग्रह गरिन् । 


Author

थप समाचार
x