राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : १८ जनाले करिब २ करोड ठगी भएको भन्दै दिए जाहेरी

इकागज |
साउन २९, २०८० सोमबार १७:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै ठगी प्रकरणमा थप उजुरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन् ।

उनीहरूले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।


तीन वटा छुट्टाछुट्टै जाहेरी परेको हुँदा दरखास्त लगायतका कागजातहरू अनुसन्धानका लागि जिल्ला परिसर टेकु काठमाडौँ पठाइएकाे उनले बताए । उनका अनुसार लमजुङ, सुनसरी, सिन्धुपाल्चोक,गोरखा, ललितपुर, चितवन र काठमाडौँ लगायत अन्य जिल्लाका पीडितहरूले निवेदन दिएका छन् । सानु भण्डारी र केशव दुलालको नाममा थप उजुरी परेको हो ।

यो प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहितका मान्छे पक्राउ परिसकेका छन् । अहिले उनीहरू सबै जना पूर्पक्षका लागि कारागारमा छन् ।

 


Author

थप समाचार
x