राजनीति

कोभिडले पूर्वसांसद नरेन्द्र बस्नेतको मृत्यु

इकागज |
जेठ १०, २०७८ सोमबार १०:५५ बजे

भोजपुर : भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन् ।  


पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् । रासस


Author

थप समाचार
x