राजनीति

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित

इकागज |
असोज ४, २०८० बिहीबार १२:२८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले  जानकारी दिए ।    

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।    

 



Author

थप समाचार
x