राजनीति

तराईलाई मरुभूमिकरण गर्ने निर्णय तुरुन्त खारेज गरियोस् : पुष्पकमल दाहाल

इकागज |
जेठ १९, २०७८ बुधबार १६:५९ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नेपालको तराई क्षेत्रलाई मरुभूमि बनाउन लागेको आरोप लगाएका छन् । हालै ल्याएको बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने निर्णय गरेको भन्दै उनले आपत्ति जनाएका  हुन् । 

दाहालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’


सरकारको उक्त निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ । 


Author

थप समाचार
x