राजनीति

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

इकागज |
पुस ४, २०८० बुधबार १७:३९ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषदको सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।


सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थए ।

यसअघि आजै संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।


Author

थप समाचार
x