राजनीति

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन

इकागज |
फागुन २३, २०८० बुधबार १३:४६ बजे

फाइल तस्बिर

दाङ- लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन् ।


जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेपछि नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुई मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।


Author

थप समाचार
x