राजनीति

आरजुले गरिन् बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ

इकागज |
चैत २, २०८० शुक्रबार १७:२३ बजे

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्राविधिकहरूलाई बिदाइ गरेकी हुन् । बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदूरपश्चिम, कर्णाली प्रदेश लगायतका जिल्लाहरूमा बाँदरको आतंकले घरबास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्वपूर्ण हुने बताइन् ।


साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केही हदसम्म भए पनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुसी बनाएको उल्लेख गरिन् ।

उनले नेपालका विभिन्न जिल्लामा बाँदर आतंक रोक्नका लागि बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्ध्याकरण विषयमा प्राविधिकहरूले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन् । साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरूको कार्यान्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन् ।


Author

थप समाचार
x