राजनीति

आज सार्वजनिक बिदा

इकागज |
बैशाख ११, २०८१ मंगलबार ६:४४ बजे

काठमाडौँ- कतारका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएकाले सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 


थानीले आजदेखि दुई दिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्‍ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् । 


Author

थप समाचार
x