राजनीति

कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीच 'वान टु वान' भेट, सुरू भयो दुईपक्षीय वार्ता (तस्बिरहरू)

इकागज |
बैशाख १२, २०८१ बुधबार ११:१२ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका थानीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 


आजै द्वारिका सोल्टीमा प्रधानमन्त्री प्रचण्डले दिवा भोजको आयोजना गरेका छन् । उक्त भोजमा अमिर थानी नेतृत्वको टोली सहभागी हुनेछन् ।

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय

 


Author

थप समाचार
x