स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि मेलम्ची जाँदै
फाइल फाेटाे
काठमाडौँ : मेलम्ची नदीको बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको स्थलगत अध्ययनका लागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जाने भएका छन् । सभामुख अग्नि सापकोटासँगै स्वास्थ्यमन्त्री तामाङ आफ्नो निर्वाचन क्षेत्रको समस्याका बेला जान लागेका हुन् ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणालाई हराउँदै प्रतिनिधि सभा सांसदमा निर्वाचित तामाङको निर्वाचन क्षेत्र हो । गएराति नै बाढी आएपनि राती भएकाले बिहान मात्रै सभामुख र स्वास्थ्यमन्त्री सिन्धुपाल्चोक जान लागेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया