राजनीति

कांग्रेस महाधिवेशन तालिकामाथि छलफल सुरु

इकागज |
असार ३, २०७८ बिहीबार १९:० बजे

काठमाडौँ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको  केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।


यस्तै बैठकले कोभिड खोप सबै नागरिकलाई उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह पनि गरेको छ । उनले विदेशी राष्ट्रहरूले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह बताए । बाढी पीडितलाई राहत र उद्धारमा ढिलाइ नगर्न पनि कांग्रेसले सरकारको ध्याकर्षण गरेको छ ।      


Author

थप समाचार
x