राजनीति

'वर्तमान राजनीतिक संकट र अबको विकल्प' विषयक अन्तरक्रिया सम्पन्‍न

इकागज |
असार ४, २०७८ शुक्रबार १८:७ बजे

काठमाडौँ : मोहन वैद्य नेतृत्‍वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) को आयोजनामा 'वर्तमान राजनीतिक संकट र अबको विकल्प' विषयक अन्तरक्रिया सम्पन्‍न भएको छ । शुक्रबार मध्यान्ह भर्चुअल माध्‍यमबाट सुरु भएको अन्‍तरक्रिया तीन घण्‍टा चलेको अखिल क्रान्तिकारीका अध्‍यक्ष हरिकृष्‍ण गजुरेलले जानकारी दिए ।

गजुरेलकाअनुसार अन्तरक्रियामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, चन्‍द नेतृत्वको नेकपामा सचिवालय सदस्य धमेन्द्र बास्तोला, नेकपा संयोजक ऋषिराम कट्टेल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले वर्तमान राजनीतिक संकट र अबको विकल्पका विषयमा चर्चा गरेका थिए । 


संयुक्‍त रणनीतिक मोर्चामा सामेल चार दल निकटका चार विद्यार्थी संगठनको पनि अन्‍तरक्रियामा सहभागिता थियो । क्रान्तिकारीका अध्यक्ष हरिकृष्णसहित अखिल( क्रान्तिकारी)बाट अध्यक्ष चिरञ्जीवी ढकाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनबाट संयोजक राजेश्वरी सुवेदी, अखिल नेपाल विद्यार्थी युनियनबाट मनीष भट्टराईलगायतको सहभागिता थियो ।


Author

थप समाचार
x