राजनीति

ओली राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्न उद्धत : विपक्षी गठबन्धन

इकागज |
असार ८, २०७८ मंगलबार १८:३२ बजे

काठमाडौँ : विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्न लागिपरेको बताएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेको बताएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा ओलीको क्रियाकलापबाट कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्‍ने हुन् कि भन्‍ने खतरा उत्पन्न भएको उल्लेख छ । 


‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन्,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्‍ने हुन् कि भन्‍ने खतरा उत्पन्‍न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।’ 


 


Author

थप समाचार
x