राजनीति

बुढानीलकण्ठको नीति तथा कार्यक्रम प्रस्तुत

इकागज |
असार ९, २०७८ बुधबार १८:३५ बजे

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख उद्धवप्रसाद खरेलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम सुनाउँदै प्रमुख खरेलले वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै कार्य सम्पादन गर्न सकेको बताए ।

चालू आर्थिक वर्षमा दुई अर्बभन्दा बढीको बजेट सार्वजनिक भए पनि कोभिड महामारिका कारण कार्यक्रम सम्पन्न गर्न नसकेको उनको दाबी छ । महानगरका सबै काम छोडेर कोभिड नियन्त्रणमा लागि परेको उनको भनाइ छ । कोभिडकै बीचमा पनि ठूला योजना स‍‍ञ्‍चालन भैरहेको बताउँदै उनले कार्यक्रममा 'हाम्रो बुढानीलकण्ठ' नामक बुलेटिनसमेत बिमोचन गरेका थिए । 



Author

थप समाचार
x