राजनीति

एकलौटी निर्णय गर्ने अधिकारसहित संसदीय दलको नेतामा माधव नेपाल

सरकारमा को-को सामेल गर्ने निर्णय गर्ने अधिकार पनि नेपाललाई

इकागज |
भदौ १३, २०७८ आइतबार १४:४७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले आफ्नो संसदीय दलको नेतामा माधवकुमार नेपाललाई चयन गरेको छ । नेपाललाई सरकारमा जानेदेखि विभिन्न निर्णयको अधिकारसहितको जिम्मेवारी दिइएको नेता विरोध खतिवडाले जानकारी दिए । 

'संघीय संसदीय दलको नेतामा माधव नेपाल चयन भएका छन्,' खतिवडाले इकागजसँग भने, 'राष्ट्रिय सभा दलको नेतामा वेदुराम भुसाल बनेका छन् ।'


संसदीय दलको विधान मस्यौदा गर्ने जिम्मा पाँच जनालाई लगाइएको खतिवडाले बताए । उनले भने, 'नेता माधव नेपाललाई एकलौटी अधिकार दिइएको छ । सरकारमा सामेल हुनेदेखि अन्य निर्णय गर्ने एकलौटी अधिकार उहाँलाई नै दिने निर्णय भएकाे छ ।'

विधानमा आइपर्ने तथा गठबन्धनको सरकारमा अनेक ढंगको निर्णय गर्नुपर्ने विषयमा बारम्बार पार्टीको बैठक राख्नु नपर्ने भएको उनले जानकारी दिए । 


Author

थप समाचार
x