राजनीति

सञ्चारमन्त्री कार्कीले आमाको हातबाट लगाए दसैंको टीका

इकागज |
असोज २९, २०७८ शुक्रबार १४:३७ बजे

फाइल फोटो

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । 

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएका उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ । रासस 



Author

थप समाचार
x