राजनीति

लुम्बिनीका मुख्यमन्त्रीको काम

अस्थायी राजधानीमा मुख्य कार्यालय, स्थायी राजधानीमा सम्पर्क कार्यालय !

इकागज |
कात्तिक २, २०७८ मंगलबार २०:१६ बजे

बुटवल - प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालयको मंगलबार मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने, हरेक हप्ताको शुक्रबार मुख्यमन्त्री कूलप्रसाद केसी आउने कार्यक्रम तय गरिएको छ । 


यसअघि प्रदेश मन्त्रिपरिषद्को बैठकले राजधानी कार्यान्वयनलाई गति दिन मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै मंगलबार राजधानी क्षेत्रमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

हाल देउखुरीमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना छ । गठबन्धन सरकारले बजेट निर्माण गर्ने क्रममा मन्त्रालयको कामकाज बुटवल मुकामबाट सञ्चालन गरिँदा मन्त्रालय सुनसान थियो तर अब मन्त्रालयमा नियमित कामकाजलाई अघि बढाइने बताइएको छ ।

तिहारपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गर्ने तयारी सरकारले गरेको छ ।
 


Author

थप समाचार
x