राजनीति

पूर्वराजा ज्ञानेन्द्रले धम्क्याउन थाले : रामचन्द्र पौडेल

इकागज |
कात्तिक ६, २०७८ शनिबार १९:२१ बजे

फाइल तस्‍बिर

कैलाली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताएका छन् । कैलालीको धनगढीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।   

‘आज पूर्वराजा ज्ञानेन्द्रले धम्क्याउन थाले, उपदेश दिन थाले, यो राम्रो होइन,’ पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिने हो ? नेपालका नेताहरूले यो सुनेर बस्ने हो ?’ पौडेलले लोकतन्त्र र राष्ट्रलाई संकटबाट बचाउन सबै दल एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए ।  


शनिबार नै कञ्चनपुरको बेलौरीमा  नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराेपीडितप्रति सहानुभूति प्रकट गरे । उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराएका छन् । नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानकोसमेत स्थलगत निरीक्षण गरेका छन् ।


Author

थप समाचार
x