राजनीति

बागमती प्रदेश

५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै राजेन्द्र पाण्डे

इकागज |
कात्तिक १०, २०७८ बुधबार १६:४१ बजे

फाइल तस्बिर

हेटौंडा -  बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले आज नै प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्ने भएका छन् । पाण्डे माओवादी र कांग्रेसका सांसदहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न जान लागेका हुन् ।

हालसम्म तीन दलको ५८ सांसदहरूको हस्ताक्षर संकलन भइसकेको र बहुमतको साथ प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्न जाने तयारी गरेको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशकी प्रमुख सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।


बागमतीमा मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन चाहिन्छ । एमालेकी सांसद अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा नयाँ मुख्यमन्त्री चयनको बाटो खुला भएको हो । 


Author

थप समाचार
x