राजनीति

कर्णालीमा नेकपा (एकीकृत समाजवादी)का शाही मन्त्री नियुक्त

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १७:२९ बजे

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका हुन् । शाहीले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । शाही नेकपा (एकीकृत समाजवादी)का सांसद हुन् । कात्तिक १५ गते मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म एक्लै प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।     



Author

थप समाचार
x