राजनीति

बारका पदाधिकारीसँग देउवाले भने : बारको आन्दोलनबारे म अपडेट नै छु

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १२:४१ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतको विवाद समाधानको लागि छलफल गरेर छिटै निष्कर्षमा पुग्ने बताएका छन् । आज शुक्रबार बालुवाटारमा भेट्न पुगेका नेपाल बारका पदाधिकारीहरुसँग देउवाले सर्वाेच्चको विवादलाई लिएर बारले जारी राखेको आन्दोलनबारे आफू अपडेट नै रहेको बताएका हुन् ।  
देउवासँगको भेटमा बारका पदाधिकारीहरुले अहिले जारी आन्दोलनको स्वरुप, आन्दोलन गर्नुको कारण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन प्रशस्त आधार रहेको बारे ब्रिफिङ गरेका थिए । देउवाले न्यायालयको विवाद सुल्झाउन सत्तारुढ गठबन्धनभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए ।  
   



Author

थप समाचार
x