राजनीति

सुकुम्बासी समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ

इकागज |
मंसिर ११, २०७८ शनिबार १४:५५ बजे

भक्तपुर - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सुकुम्बासीहरूको समस्या चाँडै समाधान गरिने बताएकी छन् । नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘आगामी पुससम्ममा सुकुम्बासी, भूमिहीन  र लालपूर्जाविहीनहरूको समस्या समाधान गर्नेछु,’ मन्त्री श्रेष्ठले भनिन् । विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीनको समस्या समाधान गर्ने उनले बताइन् । यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या अन्त्य गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।



Author

थप समाचार
x