राजनीति

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा हुने

इकागज |
मंसिर १५, २०७८ बुधबार १८:२७ बजे

काठमाडौँ - नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उदघाटन कार्यक्रम भैरहवामा आयाेजना हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते कार्यक्रम उदघाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । जोशीका अनुसार १६ देखि १८ गतेसम्म हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलो पटक हुँदैछ। अधिवेशनको उदघाटन कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले गर्ने कार्यसूची तय भएको छ ।


१७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ । प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी १५ सय ८५ जनाले मतदान गर्ने छन् । अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए । गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुको लागि खाने र बस्ने व्यवस्था गरिएको बताए ।


 


Author

थप समाचार
x