राजनीति

संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

इकागज |
पुस १५, २०७८ बिहीबार १६:३ बजे

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।  बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।  

उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताए । 


ल्होसार पर्वले तमु समुदायमा विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको देउवाको भनाइ छ । 

‘आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई सबै सक्षम उजागर गर्न र यस समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदायसमक्ष चिनाउन मद्दत गर्ने विश्वास लिएको छु,’ देउवाले भने, ‘यो पर्वले काठमाडौं उपत्यका भित्र र बाहिर रहेका तमु समुदाय विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता, सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु । तमु समुदायको भाषा, सँस्कृति, संविधानको संरक्षण संवद्र्धन गर्न नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 


Author

थप समाचार
x