राजनीति

कालापानी क्षेत्रमा उत्तराखण्डका गभर्नरको भ्रमणप्रति जनमोर्चाको आपत्ति

इकागज |
पुस १९, २०७८ सोमबार १७:५२ बजे

काठमाडौँ -  राष्ट्रिय जनमोर्चाले भारत उत्तराखण्ड राज्यका गभर्नरले नेपालको दार्चुलास्थित कालापानी क्षेत्रका नाभी, कुटी, गुञ्जीको भ्रमण गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्ने भए पनि नेपालको अनुमति विना भारतीय अधिकारीले गरेको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौती दिएको जनाएका छन् ।‘त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं’, जनमोर्चाले भनेको छ ।


 


Author

थप समाचार
x