राजनीति

प्रदेश सभा-१ को बैठक अर्को आइतबार

लीलावल्लभ घिमिरे |
माघ १८, २०७७ आइतबार १५:४३ बजे

काठमाडौँ : प्रदेश नं १ सभाको बैठक २५ गते आइतबारका लागि आब्हान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गरी अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् । 

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् । 


प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै अर्को समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ ।

हेरौ प्रदेश सभाको सूचना :


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x