राजनीति

सभामुख सापकोटाद्वारा सर्वोच्‍च अदालतमा दायर रिटमा के छ ? (पूर्णपाठसहित)

इकागज |
माघ २३, २०७७ शुक्रबार १२:४७ बजे

सर्वाेच्च अदालत जानुअघि सामूहिक । तस्बिर : अमृता थापामगर

काठमाडौँ : संवैधानिक अंगका नियुक्ति र सपथ असंवैधानिक भएको जिकीरसहित सभामुख अग्‍निप्रसाद सापकोटाद्वारा सर्वोच्‍च अदालतमा दायर गरिएको रिटमा आइतबार सुनुवाइ हुने भएको छ । सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्‌का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास बैरागी, सपथ लिएका ३२ जना संवैधानिक अंगका सदस्यसहित ३९ जनालाई विपक्षी बनाएका छन् ।

गैरसंवैधानिक र गैरकानुनी रुपमा नियुक्ति भएका तपशिलमा उल्लेख भएका पदाधिकारीहरुबाट हुने निर्णय तथा कार्यले मुलुक र जनता, राष्ट्रकै हकअधिकारबारेमा प्रतिकुल असर पर्ने समेत भएकाले निजहरुलाई आफु नियुक्त भएको पदको हैसियतले कुनै निर्णय, कार्य नगर्न नगराउन यथास्थितिमै रहनु भनि सर्वोच्च अदालत नियामवली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश समेत जारी गरी पाउ भन्‍दै सापकोटाले निवेदनमा माग गरेका छन् । 


सभामुख सापकोटाले शुक्रबार आफै उपस्थित भएर सर्वोच्‍च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्न सभामुखको साथमा नेकपा दाहाल-नेपाल समूहका नेतृ शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू गएका थिए ।

संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ । संवैधानिक परिषद्‌को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन् । संवैधानिक अंगमा ३२ जना पदाधिकारीको सपथ बुधबार बिहान कार्यालय खुल्‍नु अगावै भएको थियो ।

सभामुख  सापकोटाद्वारा सर्वोच्‍च अदालतमा दायर रिटको पूर्णपाठ


Author

थप समाचार
x