राजनीति

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो : बिजुक्छे

इकागज |
फागुन १२, २०७७ बुधबार २०:५२ बजे

फाइल तस्बिर

काठमाडौँ :  नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् । बागीश्‍वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल सुरु भएको बताएका हुन्। उनले भने ‘संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत सुरु भएको छ ।’ 
    
अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए । शिक्षकले राजनीति गर्न हुँदैन भन्‍ने ठम्याइ गलत भएको दाबी गर्दै उनले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता रहेको बताए ।  

उनले आफ्नो अनुभव सँगालेर नयाँ पुस्ताका लागि पठनीय पुस्तक प्रकाशन गर्नेतर्फ अवकाश प्राप्त शिक्षकको ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्रि कक्षाबाट सुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाको अग्रसरता र उपलब्धि नै प्रशंसनीय रहेको बताए ।



Author

थप समाचार
x