राजनीति

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई ब्रेनह्यामरेज, अप्रेसन जारी

इकागज |
फागुन १४, २०७७ शुक्रबार १०:२९ बजे

फाइल तस्बिर

काठमाडौँ : पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई ब्रेनह्यामरेज भएको छ । गएराति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

वीर अस्पतालमा डा.भुपेन्द्र बस्नेतकाे टोलीले माइनर अप्रेसन गरेपछि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लगिएको उनका दाजु राजुराज जोशीले इकागजलाई जानकारी दिए । नर्भिक अस्पतालमा उनको अहिले मेजर अप्रेसन भइरहेको छ ।



Author

थप समाचार
x