राजनीति

संसदीय दलको नेता पनि हामी नै तय गर्छौँ : पौडेल

इकागज |
फागुन १४, २०७७ शुक्रबार २०:२६ बजे

फाइल तस्बिर

काठमाडौँ :  नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताएका छन् । नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको बताए । असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झूट भएको भन्‍दै उनले संसद् पुनःस्थापनासँगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान समस्या संसद्बाट हल भएर जाने विश्‍वास व्यक्त गरे । दाहाल-नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्‍ने अधिकार रहेको भन्दै उनले संसदीय दलको नेतासमेत आफूहरूले तय गर्ने बताए । उनले सूर्य चिह्न आफूहरूले नै पाउने दाबी पनि गरे ।  



Author

थप समाचार
x