राजनीति

प्रायोजित रूपमा मविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरियो : दाहाल (जवाफको पूर्णपाठ)

इकागज |
फागुन १६, २०७७ आइतबार १२:४ बजे

काठमाडौं : नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्न माग गरेका छन् । लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर गरिएको उल्लेख गरेका छन् । 

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए । 


रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन् । 

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने  काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्‍ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुलेसर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । 

दाहालले सर्वोच्चमा पेस गरेको जवाफको पूर्णपाठ :


Author

थप समाचार
x